सुशासनका लागि ११ बुँदे प्रतिवद्धता
रुकुम पश्चिम, शुक्रबार, कार्तिक २१, २०७७
`हलहले´मा पानी
रुकुम पश्चिम, बिहिबार, कार्तिक २०, २०७७
आर्थिक वर्ष २०७६/०७७ मा उक्त योजना कार्यान्वयनमा गएको थियो । त्यस अघि ४ घण्टाको पैदल यात्रा गरी खोलाको पानी उकालोमा बोकेर सर्वसाधारणले जिविका चलाउँदै आएका थिए । मानिसले पिउने, गाईवस्तुलाई पियाउने र सागसब्जि तथा फलफूलका विरुवामा समेत सिचाई गर्नका लागि पानी बोक्नुपर्ने बाध्यता हलहलेबासीमा थियो ।
पाँच स्थानीय तहमा विद्यालय खुले, हजारौं विद्यार्थी विद्यालयमा
रुकुम पश्चिम, साेमबार, कार्तिक १७, २०७७
कोरोना महामारीका कारण बन्द भएका जिल्लाका अधिकांश विद्यालयहरु खुलेका छन् । कोरोनाको जोखिम अहिले नै कम हुने नदेखिएको र शैक्षिक सत्र घर्किदै गएपछि जिल्लाका स्थानीय तहहरुले विद्यालयहरु खोलेका हुन् । ६ मध्य ५ स्थानीय तहमा विद्यालयहरु खुलिसकेका छन् । विद्यालय खुलेपछि हजाराैं विद्यार्थीहरू विद्यालय पुगेका छन् ।
अर्गानिक जिल्ला घोषणा बल्ल कार्यान्वयनमा
रुकुम पूर्व, आइतबार , कार्तिक १६, २०७७
'लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला र त्यसमाथि बनेका तीन स्थानीय तहले अर्गानिक क्षेत्र बनाउनका लागि नीतिगत निर्णय, नारा, मार्गदर्शन सिद्धान्तमा प्रष्ट उल्लेख गरेका थिए । आर्थिक वर्ष २०७४/०७५ सालको नीति, कार्यक्रम तथा बजेटमा पालिकालाई अर्गानिक बनाउने उल्लेख थियो । बजेट मसिनो भएपनि नीति कार्यक्रममा अर्गानिक जिल्ला उल्लेख गरेर कार्य...
आफै विस्थापित वडाध्यक्ष वडालाई स्थापित गर्दै
रुकुम पश्चिम, शनिबार, कार्तिक १५, २०७७
झण्डै साढे तीन वर्ष पूरा भइसक्दा वडामा विभिन्न विकास निर्माणका काम भएका छन् । वितेका तीन आर्थिक वर्ष र चालु आर्थिक वर्ष गरी उक्त वडामा १० करोड ३५ लाख ९ हजार बजेट विनियोजन भएको छ । यसमा ९३ लाख बजेट छुट्टै आशा परियोजना मार्फत खर्च हुँदै छ ।
राहतले दसैं टर्यो
रुकुम पश्चिम, बिहिबार, कार्तिक १३, २०७७
मुसीकोट १२ की दैसरा कामिको परिवारले पनि यो वर्ष दसैंमा खाद्यान्न अभाव झेल्नु परेन । आम्दानिको स्रोत केहि नभएको विपन्न ६ जनाको परिवारका लागि नगरपालिकाले उपलब्ध गराएको राहत दसैं टार्ने सेतु नै बन्यो ।
दैलोमै धारा
रुकुम पश्चिम, बिहिबार, कार्तिक १३, २०७७
रूकुम पश्चिमकाे त्रिवेणि गाउँपालिका- २, का २ टाेल र मुसीकाेट नगरपालिका ११ काे एउटा टाेल गरी ३ टाेलका कुल ७१ घरमा धारा जडान गरीएकाे छ । त्यस्तै घर एक धाराकाे अवधारणा अनुसार मुसीकाेट- १, का तीन टाेलका डेढसय परीवारलाइ खानेपानीकाे सिधा पुहुँचमा पुर्याइएकाे छ ।
रुकुम पूर्वका ‘कान्छा’ वडाध्यक्षको गतिशिलता
रुकुम पूर्व, शुक्रबार, कार्तिक ७, २०७७
उहाँ उमेरले २८ वर्षमा हुनुहुन्छ । वडाध्यक्ष निर्वाचित भएको भने तीन वर्ष पूरा भएको छ । यस अवधिमा वडामा थुप्रै काम भएका छन् । स्थानीय तह, प्रदेश तथा संघीय सरकारबाट प्राप्त बजेट परिचालन मार्फत भौतिक, सामाजिक, चेतनामूलक विकास भइरहेको छ । स्थानीय स्तरमा उठ्ने आधारभुत आवश्यक्तामध्यका धेरै तत्कालिन आवश्यक्ता सम्बोधनको...