रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका २ हजार ४ सय ७२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । जसमा उमेर समूह, स्वास्यकर्मी, महिला स्वास्थ्य स्वय सेविका, कर्मचारी, जनप्रतिनिधिले खोप लगाएका छन् । यसमा अर्को एउटा समूह पनि छ त्यो हो शिक्षक । नगरपालिकाले शिक्षकलाई पनि प्राथमिकताका साथ खोप लगाएको छ । हालसम्म नगरका ७ वडाका सबै शिक्षकले खोप लगाएका छन् भने अरु ७ वडाका पनि केही शिक्षकले खोप लगाएका छन् ।
झण्डै ४ सय शिक्षक रहेको आठबीसकोट नगरपालिका २ सय ३७ जना शिक्षकले खोप लाएका छन् । स्वास्थ्य संयोजक मणिराज शाहले अरुसँगै शिक्षकलाई पनि प्राथमिकताका साथ खोप लगाइएको जानकारी दिनुभयो । सुरुमा सम्बन्धित उमेर समूहका व्यक्तिहरुलई खोप लगाइएकामा पछिल्लो समय भने शिक्षकलाई पनि खोप दिइएको संयोजक शाहले जानकारी दिनुभयो । नयाँ शैक्षिक शत्र सञ्चालनका लागि शिक्षकलाई अनिवार्य खोप लगाउने गरिएको नगरप्रमुख गोर्खबहादुर केसीले बताउनुभयो । सकेसम्म सबै शिक्षकलाई खोप लाउने गरी पहल भइरहेको नगरप्रमुख केसीले बताउनुभयो ।
हालसम्म १ देखि ६ र १४ नम्बर वडाका सबै शिक्षकलाई खोप लगाइ सकिएको र अरु ७ वडाकालाई पनि क्रमश लगाइने उहाँको भनाई छ । अब धेरै भिडभाड हुने क्षेत्र भनेकै विद्यालय भएकाले त्यसमा सतर्कता अनपाउन शिक्षलाई प्राथमिकताका साथ खोप लगाइरहेको र लगाउने योजनामा नगरपालिका रहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो । नगरपालिकाले हालसम्म १ हजार ६ सय ६९ जना ६२ वर्ष माथिका नागरिक, २ सय ६९ जना, स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वास्थ्य स्वयम सेविका, जनप्रतिनिधि र २ सय ७० जना व्यापार, व्यवसायी पत्रकार लगायतलाई खोप लाएको छ ।