Kakhara सबैको खबर सम्पूर्ण खबर
जनार्दन शर्मा अर्थमन्त्री बन्ने 

नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ । स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगै उहाँहरूले पनि सपथ लिने तयारी भइरहेको छ। अदालतको परमादेश पछि राष्ट्रपति विद्यादेवि भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएकाे छ ।

देउवाद्धारा सपथ ग्रहण गर्न अस्विकार 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गर्नुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गर्नुभएको हो । उहाँले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी  उल्लेख गर्नुपर्ने अडान लिएका स्रोतले जनाएको छ ।

राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गर्नुभएको छ। तर देउवाले भने आफूले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेको र सर्वोच्च अदालतले त्यसै धारा अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको भन्दै राष्ट्रपतिलाई नियुक्ति सच्याउन आग्रह गर्नुएभएको हो ।
 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update