Kakhara सबैको खबर सम्पूर्ण खबर
चार मन्त्रीद्धारा सपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नुभएकाे छ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २-२ जना मन्त्री नियुक्त गर्नु भएकाे हाे । कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त हुनुभएकाे छ भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री बन्भनुभएकाे छ। यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बन्नुभएकाे छ। नवनियुक्त चारै जना मन्त्रीले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

 

 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update