Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा ६० वर्षिय कोरोना संक्रमितको मृत्यु 

रुकुम पश्चिममा एक पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बेलुकी मुसीकोट नगरपालिका ६ का ६० वर्षिय कोरोना संक्रमितको मृत्यु भएको हाे । उनि असार २५ गते जिल्ला अस्पतालको आईसोलेसनमा भर्ना भएका थिए । उनी दीर्घ रोगि रहेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलले जानकारी दिनुभयो । उनको आज अन्त्यष्टि समेत गरिएको छ ।

यो संगै जिल्लामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जिल्लामा कोरोना संक्रमितको मृत्युदरमा कमि आएपनि पूर्ण रुपमा रोकिन भने सकेको छैन् । यो भन्दा अघि असार १४ गते एक कोरोना संक्रमितको मृत्यु भएको थियो । कुनै बेला एक दिनमै २, ३ जनासम्म संक्रमितको मृत्यु हुने गरेकामा हाल भने मृत्यु दरमा कमी आएको छ ।  

जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्यामा पनि कमि आएको छ । अहिले जिल्लाभरमा १ सय १५ जना सक्रिय संक्रमित रहेको कोरोना रोग नियन्त्रण फोकल पर्शन रावलले बताउनुभयो । बाँफिकोट गाउँपालिका बाहेक ५ स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् । कुल संक्रमित मध्य १ सय ९ जना होम आईसोलेसनमा र ६ जना आइसोलेसनमा रहेका छन् ।

बैशाख देखि यता कुल ७ हजार ४ सय ९० जनामा कोरोना परीक्षण भएकामा २ हजार ५ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्य २ हजार ३ सय २१ जना निको भइसकेका छन् ।
 

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update