Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीको वित्तिय प्रगती झण्डै ९९ प्रतिशत
चाैरजहारी नगर कार्यपालिकाकाे कार्यालय ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले झण्डै ९९ प्रतिशत वित्तिय प्रगती गरेको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को प्रारम्भिक प्रतिवेदन सञ्चित कोषतर्फ ९८ दशमलव ६३ प्रतिशत बजेट खर्च भएको छ । चालु आर्थिक वर्षमा नगरपालिकामा ७० करोड २२ लाख ९१ हजार २ सय ९२ रुपैयाँ प्राप्त भएको थियो ।

जसमध्य ६९ करोड २७ लाख ५२ हजार ६ सय ३ रुपैयाँ खर्च भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिनुभयो । अधिकृत केसीका अनुसार चालुतर्फ ९७ दशमलव ३८ प्रतिशत र पुँजिगततर्फ  ९९ दशमलव ९९ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ ३१ करोड ५५ लाख १८ हजार ७ सय ७७ रुपैयाँ चालु आर्थिक वर्षमा खर्च भएको छ । पुँजिगततर्फ ३७ करोड ७२ लाख ३३ हजार ६ सय २६ रुपैयाँ खर्च भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update