Kakhara सबैको खबर सम्पूर्ण खबर
२३ सय बढी संक्रमित निको भए

कोरोना भाइरसको दोस्रो भेरियन्ट सुरु भए यता रुकुम पश्चिममा २५ सय बढी संक्रमित भएका छन् । जिल्लाका ६ वटै स्थानीय तहमा एन्टिजेन र पिसिआर विधिबाट गरिएको परीक्षणबाट २ हजार ५ सय ३५ जना संक्रमित भएको पुष्टि भएको हो । संक्रमितमध्य २ हजार ३ सय २२ जना निको भएका भएका छन् ।

रुकुम पश्चिममा वैशाख ४ गते पहिलो पटक दोस्रो भेरियन्टको कोरोना संक्रमण पुष्टि भएको थियो भने वैशाख ६ गते पहिलो मृत्यु भएको थियो । जिल्ला अस्पताल सल्लेमा मुसीकोट नगरपालिका ७, की एक महिलाको मृत्यु भएको थियो । अस्पतालमा स्वास्थ्य सेवा तथा कोभिड–१९ रोकामथ, नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा यस बारेमा जानकारी गराइएको हो ।

जिल्ला अस्पतालका डाक्टर राजकुमार भुजेलले यसबीचमा कोरोना परीक्षण भएका ७ हजार ४ सय ९० जनमाध्य २ हजार ५ सय ३५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । ६ हजार २ सय ६७ जनाको एन्टिजेन विधिबाट परीक्षण र १ हजार २ सय २३ जनाको भने पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

वैशाखदेखि हालसम्म कोरोनाका कारण २० पुरुष र १२ महिला गरी ३२ जनाको मृत्यु भएको कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो जिल्ला अस्पताल, पालिका अस्पताल तथा आइसोलेसनबाट ६८ जनालाई विभिन्न ठाउँमा थप उपचारका लागि रेफर गरिएको थियो । हाल जिल्लामा १ सय २६ जना सक्रिय संक्रमित छन् ।

जिल्ला अस्पतालमा मात्रै २ सय ३२ जना भर्ना भएर उपचार गराएका छन् । कोरोनाकै अवधि वैशादेखि हालसम्म ३ सय ४४ जना सामान्य विरामीको उपचार भएको छ भने १ सय २१ वटा सामान्य अवस्थामा सुत्केरी भएका छन् । ४ वटा जटिल किसिमका सुत्केरी भएका छन् भने २२ वटा अप्रेशन गरेर सुत्केरी गराइएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update