रुकुम पश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । मुसीकोट नगरपालिका ४ की ५९ वर्षिया महिलाको मृत्यु भएसंगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको हो । हिजो बेलुकी ५ बजेतिर अस्पताल लगिएकी उनको गयराति १ बजेतिर मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । मंगलबार मात्र पनि मुसीकोट ६ का एक पुरुषको मृत्यु भएको थियो ।
जिल्लामा अहिलेसम्म सबैभन्दा बढी मुसीकोट नगरपालिकाका १२ जना, बाँफिकोट गाउँपालिका र त्रिवेणि गाउँपालिकाका ६÷६ जना, चौरजहारी नगरपालिका र आठबीसकोट नगरपालिकाका २÷२ जनाको मृत्यु भएको छ । जिल्लामा मृत्यु भएका अन्य ४ जना भने रुकुम पूर्व र सल्यानका रहेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलले जानकारी दिनुभयो ।
सानीभेरी गाउँपालिकामा भने अहिलेसम्म कसैको ज्यान गएको छैन् । फोकल पर्शन रावलका अनुसार कुल ३२ मध्य २५ जनाको मृत्यु जिल्ला अस्पताल र मुसीकोट नगरपालिकामा भएको छ ।