Kakhara सबैको खबर सम्पूर्ण खबर
५ प्रतिशतले बढ्यो कृषिको वित्तिय प्रगती

कृषि विकास कार्यालयको वित्तिय प्रगति बढेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७७/०७८ मा कृषि विकास कार्यालय रुकुम पश्चिमको वित्तिय प्रगती ५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष २०७६/०७७ को तुलनामा चालु आर्थिक वर्षमा ५ प्रतिशत बढी वित्तिय प्रगति भएको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा ९१ प्रतिशत बजेट खर्च भएको कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा ८६ प्रतिशत वित्तिय प्रगति भएको थियो । कृषि विकास कार्यालय प्रदेश मातहतको कार्यालय हो । चालु आर्थिक वर्षमा कार्यालयमा २४ करोड ६० लाख ८६ रुपैयाँ बजेट प्राप्त भएको थियो । जसमध्य २२ करोड ५२ लाख ८६ हजार रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ९१ प्रतिशत हो । कार्यालयबाट २ करोड ८ लाख फिर्ता गएको कार्यालय प्रमुख केसीले बताउनुभयो ।

१ करोड ८ लााख कर्मचारीको लतव भत्ताको र बाँकी १ करोड प्राङ्गारीक मिशन कार्यक्रम अन्तर्गतका तालिम, गोष्ठी लगायतको बजेट हो । कोरोना भाइरसका कारण ति कार्यक्रम हुन नसकेको कार्यालय प्रमुख केसीले बताउनुभयो । चालु आर्थिक वर्षमा कार्यालयले मुख्य मन्त्री रोजगार कार्यक्रम, प्रदेश वित्तिय समानिकरण अर्गानिक मिशन कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, रैथाने बाली प्रबद्र्धन कार्यक्रम भित्रका अन्य विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update