Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोटले संकलन गर्यो लक्ष भन्दा बढी राजश्व
आठबीसकाेट नगर कार्यपालिकाकाे कार्यालय ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा लक्ष भन्दा बढी राजश्व संकलन गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षमा ३ करोड ५० लाख राजश्व संकलनको लक्ष राखेकोमा त्यो भन्दा बढी राजश्व संकलन गर्न सफल भएको हो । नगरपालिकामा ३ करोड ५६ लाख ८९ हजार ३ सय २८ रुपयाँ राजश्व संकलन भएको छ ।

लक्ष भन्दा ६ लाख ८९ हजार ३ सय २८ रुपैयाँ बढी राजश्व संकलन भएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो । आठबीसको नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा लक्ष भन्दा बढि राजश्व संकलन गर्दै आएको छ । विगतका आर्थिक वर्षहरु जस्तै गत आर्थिक वर्ष २०७७/७८ मा पनि नगरपालिकाले लक्ष भन्दा बढि राजश्व संकलन गरेको हो ।

नगरपालिकाले मालपोत कर, सम्पत्ती कर, व्यवसाय कर, सेवा शुल्क, दस्तुर, घर वहाल कर, नक्सा पास दस्तुर, प्रशासनिक दण्ड जरिवाना लगायत शीर्षकबाट राजश्व संकलन गरिरहेको जनाएको छ । नगरपालिकाले प्रत्यक आर्थिक वर्ष राजश्वको लक्ष्य बढाउँदै गएकोमा लक्ष भन्दा बढी राजश्व संकलन गर्दै आएको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए यता हाल सम्मका आर्थिक वर्षमा नगरपालिकाले आन्तरिक राजश्वको लक्ष पनि बढाउँदै र राजश्व पनि बढाउदै गएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update