त्रिवेणिले गर्यो २० प्रतिशत बढी राजश्व संकलन
१२ लाख ४० हजार ४ सय रुपैयाँ बढी राजश्व संकलन ।
रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाले लक्षको २० प्रतिशत राजश्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिका लक्ष भन्दा २० प्रतिशत बढी राजश्व संकलन गर्न सफल भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले जानकारी दिनुभयो । पुनका अनुसार त्रिवेणिले आर्थिक वर्षमा ७२ लाख ४० हजार ४ सय राजश्व संकलन गरेको छ ।
त्यो आर्थिक वर्षमा ६० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष लिइएको थियो । १२ लाख ४० हजार ४ सय रुपैयाँ बढी राजश्व संकलन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पुनले जानकारी दिनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि एक करोड राजश्व संकलनको लक्ष राखेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८ १७:२५
प्रतिक्रिया दिनुहोस्