Kakhara सबैको खबर सम्पूर्ण खबर
उत्कृष्ठ अंक ल्याउनेलाई डिप्रोक्सको छात्रवृत्ति

डिप्रोक्स लघु वित्त वित्तिय संस्थाले छात्रवृत्ति प्रदान गरेको छ । रुकुम पूर्व स्थित शाखा कार्यालय रुकुमकोटले २ जना छात्रलाई छात्रवृत्ति प्रदान गरेको हो । २०७६ मा एसईई परीक्षा दिएर २०७७ मा नतिजा सार्वजनिक भएका २ छात्रलाई नगद र प्रमाण प्रदान गरिएको हो । शाखा प्रमुख अनिल बस्नेतले केन्द्र नम्बर ३६ का सदस्य रिता खड्काका छोरा दिपेश र निर्मला खत्रीका छोरा गणेशलाई छात्रवृत्ति स्वरुप नगद र प्रमान पत्र प्रदान गर्नुभएको हो । एसईईमा उत्कृष्ठ नतिजा ल्याउने केन्द्रका सदस्यका सन्ततीलाई हरेक वर्ष यो छात्रवृत्ति र प्रमाण पत्रले सम्मान गर्ने गरिएको छ । 

डिप्रोक्स लघु वित्त वित्तिय संस्थाले आफ्नो कामकाज गर्नका लागि जिल्लाभर ७० वटा केन्द्र गठन गरेको छ । यी नै केन्द्रमा आवद्ध महिलाहरुका छोराछोरीलाई हरेक वर्ष सम्मान पत्र सहित छात्रवृत्ति दिने गरिएको शाखा प्रमुख बस्नेतले जानकारी दिनुभयो । यो छात्रवृत्ति र सम्मान पाउन केन्द्रका सदस्यका छोराछोरीको सबभन्दा बढी अंक हुनुपर्छ । आवश्यक कागजात केन्द्रमा पठाई छनौट भएर आएपछि छात्रवृत्ति र सम्मान दिने गरिएको शाखा प्रमुख बस्नेतले बताउनुभयो । 
 

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update