Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोट नगरपालिकाको खर्च प्रतिशत ९७

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले गत आर्थिक वर्षमा ९७ प्रतिशत खर्च गरेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाले ९७ प्रतिशत खर्च गरेको हो । उक्त आर्थिक वर्षमा नगरपालिकामा ८३ करोड १३ लाख २५ हजार ५ सय ८७ रुपैयाँ प्राप्त भएको थियो । जसमध्य ८० करोड ५८ लाख ८ हजार ९ सय रुपैयाँ २९ पैसा खर्च भएको नगरप्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो ।

२५ लाख ५१ हजार ६ सय ६८ रुपैयाँ ९८ पैसा मौज्दात छ भने १ करोड २७ लाख ८९ हजार ७ सय १३ रुपैयाँ १ पैसा संघीय सरकारको खातामा फिर्ता गएको छ । कोभिडका कारण ब्ल्यु बेरी लगायतका विरुवा विदेशबाट किन्न सम्भव नभएको तथा कोभिडकै कारण अन्य केही प्रबद्र्धनात्मक कार्यक्रम गर्न नसकिएकाले केही बजेट फिर्ता भएको नगरप्रमुख केसीले बताउनुभो । 
 

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update