रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रोजगार कार्यक्रमबाट १ वर्षमा १ हजार बढीले रोजगार पाएका छन् । प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट आर्थिक बर्ष २०७७/०७८ मा १ हजार ५२ जनाले रोजगारी पाएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ५ सय ३२ जना र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ५ सय २० जना रोजगारी भएकोे बताइएको छ ।
नगरपालिकाका रोजगार संयोजक कृष्ण शर्माका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममा १ जनाले १ सय दिन बराबर काम गर्छन् भने मुख्यमन्त्री रोजगार कार्यक्रममा बजेट अनुसार काम गर्छन् । शर्मामा अनुसार प्रधानमन्त्री रोजगार अन्तर्गत काम गर्ने मजदुरले ५ सय १७ प्रति दिन ज्याला पाउछन् भने मुख्यमन्त्री रोजगारमा ६ सय ८५ प्रति दिन ज्याला पाउने कार्यविधि छ । गत आर्थिक वर्षमा नगरपालिकाले नगरप्रमुख रोजगार कार्यक्रम सञ्चालन गरेको थियो ।