मालपोत कार्यालयलाई सिस्ने गाउँपालिकाको सहयोग
रुकुम पूर्वको सिस्ने गाउँपालिकाले मालपोत कार्यालय रुकुम पूर्वलाई अनलाइन सेवा सञ्चालनको लागि ६ सय वाट क्षमता सहितको सोलार सिस्टम प्रदान गरेको छ । उक्त सोलार सिस्टम मालपोत कार्यालय प्रमुख मोहनलाल केसीलाई गाउँपालिका अध्यक्ष कुमारी बराल, उपाध्यक्ष गोबरधन बुढाले हस्तान्तरण गर्नुभएको थियो ।
आवश्यक उपकरण अभावमा मालपाेत कार्यालयकाे काम नै ठप्प भएपछि कार्यालयकाे काम सुचारु हाेस भनेर सोलार सिस्टम वितरण गरिएको कार्यपालिका प्रवक्ता जीवन केसीले जानकारी दिनुभयो । गाउँपालिकाको कार्यालय प्रयोजनका लागि ल्याइएको २ लाख ८० हजार बराबरको सोलार सिस्टम मालपोत कार्यालयलाई दिइएको हो । मालपोत कार्यालयलाई यूपिएस लगायत सम्पूर्ण सामग्री सहितको सेट नै दिइएको कार्यपालिका प्रवक्ता केसीले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८ १८:५५
प्रतिक्रिया दिनुहोस्