Kakhara सबैको खबर सम्पूर्ण खबर
वाइसीएल रुकुम पश्चिममा हेरफेर
सचिवालय बैठकमा सहभागिहरु ।

नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग वाइसीएले रुकुम पश्चिमले सदस्य हेरफेर गरेको छ । जिल्ला सदरमुकाम खलंगामा बसेको सचिवालय बैठकले जिल्ला समितिमा रहनेहरुको हेरफेर गरेको हो । तीन गाउँपालिकाबाट १० र तीन नगरपालिकाबाट १४ गरी २४ जना नयाँ सदस्य राख्ने अध्यक्ष जनककुमार विश्वकर्माले जानकारी दिनुभयो ।

विविध कारणले रिक्त रहेको ठाउँमा २४ जना सदस्य नियुक्त गर्ने निर्णय भएको उहाँले बताउनुभयो । वाइसीएलको जिल्ला समिति ७५ जनाको छ । तीन गाउँपालिकाबाट १०/१० गरी ३०, तीन नगरपालिकाबाट १४/१४ गरी ४२ र जिल्ला कार्यालयले मनोनित गर्ने ३ जना गरी वाइसीएलको जिल्ला संगठन समिति ७५ सदस्यीय छ ।

बैठकले युवा परिचालनका लागि कार्यविधि निर्माण गर्ने निर्णय पनि गरेको  छ । स्थानीय, प्रदेश तथा संघ सरकारका काम सहयोग, सहिजरण, सामाजिक, साँस्कृतिक रुपान्तरण, विकृति विसंगतिका विरुद्ध युवाहरु लाग्ने निर्णय भएको छ । यसैगरी विपदमा सहयोग गर्ने, उद्दार र राहत तथा सचेतनामूलक कार्यक्रममा सघाउने गरी निर्णय भएको अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम सह इन्चार्ज वसन्तकुमार शर्मा कुशल र वाइसीएल इन्चार्ज शैलेशकुमार शर्माले युवाहरुको भूमिका, दायित्व, जिम्मेवारीका विषयमा प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो । वाइसीएलको सचिवालय बैठक साउन ९ गते फेरि बस्ने भएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update