Kakhara सबैको खबर सम्पूर्ण खबर
शालिकमा माल्यार्पन गरी विपि स्मृति दिवश मनाइयो

नेपाली कांग्रेसका नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालाप्रति श्रदाञ्जली व्यक्त गरिएको छ । विपि स्मृति दिवशको दिन पारेर नेपाली कांग्रेस रुकुम पश्चिमले श्रदाञ्जली व्यक्त गरेको हो । मुसीकोट नगरपालिका १, बराहटाकुरा नजिकै रहेको विपिको शालिकमा माल्यार्पन गरी श्रदाञ्जली व्यक्त गरिएको हो ।

जिल्ला सभापति प्रेमप्रकाश ओली, पूर्व सहायक मन्त्री तथा कांग्रेस नेता गोपाल जिजंग शाह, जिल्लाका पूर्व सभापति मानबहादुर नेपाली लगायतका नेता तथा कार्यकर्ताहरु बुधबार विहान विपिको शालिकमा पुगेर श्रदाञ्जली अर्पन गरेका थिए । १९७१ भदौ २४ गते जन्मेका विपिको मृत्यु २०३९ साल साउन ६ गते भएको थियो । 
 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update