Kakhara सबैको खबर सम्पूर्ण खबर
सवारी कारबाहीबाट १७ लाख बढी राजश्व संकलन

जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले गत आर्थिक वर्ष २०७७/७८ मा १७ लाख बढी राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षमा सवारी कारबाही १७ लाख १० हजार  राजश्व संकलन भएको हो । ९८ ओटा बसलाई कारबाही  गर्दा १८ हजार, २ सय ओटा ट्रकलाई कारबाही गर्दा २ लाख १ हजार ५ सय, १ सय ५७ ट्याक्टरलाई कारबाही गर्दा १ लाख ५२ हजार ५ सय रुपैयाँ राजश्व संकलन छ । 

१ सय ५५ ओटा जिपलाई कारबाही गर्दा १ लाख ५६ हजार ५ सय, एक हजार ६९ ओटा मोटर साइकललाई कारबाही गर्दा १० लाख ६१ हजार ५ सय राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

नियम उल्लंघन गर्नेमा बढी मोटरसाइकल रहेको उहाँको भनाई छ । लाइसेन्स नभएका, बीलबुक नबोकेका, क्षमता भन्दा बढी यात्रु बोकेका सवारी साधनलाई कारबाही गरिएको प्रमुख भट्टको भनाई छ । त्यस्तै गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी १० जनाले ज्यान गुमाएका छन् । बस दुर्घटना हुँदा १ जना, ट्रक दुर्घटना हुँदा ३ जना, ट्याक्टर दुर्घटना हुँदा १ जना र जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा परी ४४ जना घाईते भएको ट्राफिक प्रमुख भट्टले  जानकारी दिनुभयो । बस दुर्घटनामा २ जना, ट्रक दुर्घटनामा २ जना, ट्याक्टर दुर्घटनामा ७ जना, जीप दुर्घटनामा १० जना र मोटरसाईकल दुर्घटनामा २३ जना घाईते भएका छन् । लकडाउनका कारण सवारी साधन कम चलेका कारण राजस्व कम उठेको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update