Kakhara सबैको खबर सम्पूर्ण खबर
काैछे पहिराेले छेक्छ सदरमुकाम जाने सडक
काैछे पहिराे ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नंम्बर ७ र ८ का सर्वसाधारणलाई जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोट सम्म पुग्न समस्या भइरहेको छ । वर्षा सुरु भएसँगै  सोलाबाङ धाउने  बालुवा सडक खण्ड अन्तर्गत  ७ नंम्बर वडाको कौछेमा पहिरो खस्ने र नाथिगाड खोलामा पानीको बहाव बढेसँगै यी २ वडाका सर्वसाधारणलाई रुकुमकोट पुग्न समस्या भइरहेको हो । सडक निर्माण भए यता हरेक वर्ष कौटे पहिरो र नाथिगाड खोलाले गर्दा सर्वसाधारणको यात्रा असुरक्षित हुने गरेको छ ।

बैकिङ कारोबार र अन्य विभिन्न कामकाजको लागि हरेक दिन जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोट  पुग्नु पर्ने  बाध्यता छ । २०६५ सालमा सोलाबाङ धाउने बालुवा सडक खण्डको उद्घाटन गरिएको थियो । सडक सुचारु भएयता हरेक वर्षाको समयमा सडक अपरुद्ध हुने गरेको सिस्ने गाउँपालिका वडा नंम्बर ७ का वडा अध्यक्ष अमृते बुढाथोकीले जानकारी दिनुभयो ।

माथि देखी तल सानीभेरी नदिसम्म लामो पहिरो छ घाम लागेको समयमा युवाहरु उक्त पहिरोबाटै जान्छन् भने दौडन नसक्नेहरु लामो बाटो भएर जानु पर्ने बाध्यता रहेको सिस्ने ८ का गणेश रावलले बताउनुभयो । पानी परेको समयमा निरन्तर पहिरो झर्छ भने अन्य समयमा पनी ढुङ्गा र माटो झर्ने गरेको स्थानीयको भनाई छ ।

यो समयमा अधिकांश वडाका नागरिकहरु सिस्ने ३ र ४ हुदै रुकुमकोट सम्म पुग्नु पर्ने बाध्यता रहेको ८ नंम्बर वडा अध्यक्ष खर्कसिह थापाले बताउनुभयो ।  नाथिगाड खोलामा यसै वर्षमा पक्कि मटरेबल पुल निर्माण गर्ने र कोछे पहिरोलाई व्यवस्थापन गर्न गाउँपालिकाको डोजर निरन्तर लागि रहने गाउँपालिका उपाध्यक्ष गोबरधन बुढाले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update