शसिराम बुढाथोकी सानीभेरी गाउँपालिका–८, का वडाध्यक्ष हुनुहुन्छ । दिनभर उहाँ जनताको सेवामा खट्नुहुन्छ । साँझ–बिहानको समय भने उहाँ खेतिपातिमा विताउनुहुन्छ । विभिन्न तरकारी उत्पादन गर्नुहुन्छ र आफैले डोकोमा बोकेर बजारसम्म लिएर बेच्नु हुन्छ । गाउँबाट २ घण्टाको पैदल दुरीमा रहेको सिम्ली बजारसम्म उहाँ आफै डोको बोकेर पुग्नुहुन्छ र तरकारी बेच्नुहुन्छ । पैसा बुझेर घर फर्किनुहुन्छ, त्यसपछि वडा कार्यालय जानुहुन्छ । उहाँको यो दैनिकि हो । ‘ठुल ठुला कुरा गरेर आदर्शवादी हुँ भन्नुभन्दा परीश्रमबाट पेट पाल्नु वेस लाग्छ उहाँ भन्नुहुन्छ ।’ जनतालाई सेवा गर्ने ठाउँमा दत्तचित्त भएर लागेको र सके जति प्रभावकारी सेवा दिएको बताउने उहाँलाई खेतिपातिमै आनन्द लाग्छ । ‘भन्नुहुन्छ, माटोमा रम्दा छुट्टै आनन्द आउँछ, यसमा कहिलै हिनता बोध गरिन् ।’
कृषिबाटै समृद्धि सम्भव रहेको उहाँलाई लाग्छ । ‘कतिले वडाध्यक्ष भएर पनि डोको बोकेर तरकारी बेच्छस् भन्छन, तर मलाई केहि फरक पर्दैन म अरुलाई पनि कृषिमा रमाउन सिकाउँदै छु, मेरो सिको गरेर धेरै वडावासी व्यवशायिक कृषिमा जोडिएका छन्, मलाई खुशि लाग्छ ।’ गाउँका धेरै व्यक्तिहरु अहिले तरकारी, फलफुल खेति तथा पशु पालनमा जोडिएका छन् । वडावासीलाई पनि खेतिपातिमा लाग्न प्रेरित गर्नुहुन्छ उहाँ । ‘गत वर्ष तरकारी खेति गर भनेर निःशुल्क बिरुवा वितरण गरेको थिए, कसैले खेति गरेनन् यो वर्ष पैसा लिएर बिरुवा दिएको छु, अहिले भने खेति गरिरहेका छन्, उहाँ भन्नुहुन्छ ।’
खेतिपाति गर्नु उहाँको बाध्यता पनि हो । ठुलो परिवार पाल्न समाज सेवाले मात्र नपुग्ने भएकाले उहाँ व्यवशायिक खेतिपातिमा हुनुहुन्छ । समाज सेवाबाट बचेको साँझ बिहानको समयमा तरकारी खेति गर्ने उहाँले राम्रो आम्दानी गर्दै आउनुभएको छ । वर्षमा केहि नभएको ५ लाख सम्मको कारोबार गर्ने गरेको उहाँ सुनाउनुहुन्छ । सबै खर्च कटाएर ढाई–तीन लाखसम्म बच्ने गरेको छ । यो काममा उहाँलाई उहाँको परिवारले पनि साथ दिईरहेको छ । ‘मैले नेतृत्व गरेको छु, यसमा मेरा परिवारका सवै सदस्यले सहयोग गरिरहेका छन्, हाम्रो परिवार नै कृषिमा आवद्ध छ ।’ उहाँले ताजा तरकारीमा आलु, काउली, वन्दा, प्याज, लसुन, साग सब्जि सहित प्याजको वीउँ लगायतका ताजा तरकारी र वीउ उत्पादन गर्ने गर्नुहुन्छ ।
सबै कृषिमा लाग्नु पर्छ
मान्छेहरुले गफ गरेर त्यत्तिकै समय वेतित गरेको उहाँलाई मन पर्दैन् । घण्टौंसम्म गफ मात्र गरेर, लखर लखर डुलेर समय खेर नफाल्न उहाँ सुझाव दिनुहुन्छ । आफ्नो ठाउँ सुहाउदो खेतिपाति गर्न उहाँको आग्रह छ । ‘कृषिबाटै घर परिवार राम्ररी चलाउन मिल्छ, नपत्याए मेरो घरमा हेर्न आए हुन्छ, ठुलठुला सपना मात्र देखेर हुँदैन् त्यसलाई साना साना कामबाट पुरा गर्ने हो, उहाँ भन्नुहुन्छ, मैले कृषि पेसालाई व्यवशायिक बनाएको अरुका लागि उदाहरण बन्नका लागि पनि हो ।’ सबै जना कृषिमा लाग्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।