Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटमा प्रेम र आठबीसकोटको सभापतिमा तेजेन्द्रको दावी

नेपाली कांग्रेस १४ औं महाधिवेशनमा जुटेको छ । जिल्ला जिल्लामा यसको सरगर्मी सुरु भइसकेको छ । रुकुम पश्चिम जिल्लामा पनि वडा, गाउँ तथा नगर क्षेत्रीय र जिल्ला अधिवेशनको तयारी भइरहेको छ । कांग्रेस पार्टीका नेता कार्यकर्ताहरु आफै र आफैले रुचाएका नेतालाई सम्बन्धित क्षेत्रको जिम्मेवारीमा ल्याउन लागि परेका छन् । सबैतिर लविङ पनि भइरहेको छ । कतिले आफैले पनि दावेदारी प्रस्तुत गरिरहेका छन् ।

यसै सन्दर्भमा रुकुम पश्चिमका दुई नगरको सभापतिमा दुई युवाले सभापतिमा दावेदारी प्रस्तुत गरेका छन् । मुसीकोट र आठबीसकोट नगरपालिकाको सभापतिमा दुई युवाको दावेदारी प्रस्तुत भएको हो । मुसीकोट नगर सभापतिमा प्रेम ओलीले दावी गर्नुभएको छ भने आठबीसकोट नगरको सभापतिमा तेजेन्द्र बटालाले दावी गर्नुभएको छ । ओली र बटाला दुवैले सामाजिक सञ्जाल फेसबुक मार्फत नगर सभापतिको लागि दावी पेश गरेका छन् ।

मुसीकोट नगर सभापतिमा दावी गरेका ओली हाल १२ नम्बर वडा अध्यक्ष हुनुहुन्छ । उहाँ यस अघि नेपाली कांग्रेसको क्षेत्रीय सचिव पनि भइसक्नु भएको छ । आठबीसकोट नगर सभापतिमा दावी गरेका बटाला नेपाली कांग्रेसको तरुण विभाग कर्णाली प्रदेशका सदस्य हुनुहुन्छ । उहाँ लामो समय नेपाल विद्यार्थी संघमा रहेर पनि राजनीति गर्नुभएको थियो ।

बटालाले नगर सभापतिमा आफूले दावी पेश गरेको बताउनुभयो । सबै हिसावले नगरको सभापतिमा आफू योग्य रहेको भन्दै बटालाले सहयोग गर्नका लागि सबैलाई आग्रह गर्नुभयो । ओलीले पनि आफू नग सभापतिको दावेदार भएको बताउनुभयो । ‘सबै भूमिकाको हिसावले पनि मैले सभापतिमा दावी गरेको छु, अरु पनि नेताहरु हुनुहुन्छ तर मेरो तर्फबाट बलियो दावेदारी हो,’ ओलीले भन्नुभयो । कांग्रेसले साउन १२ गते वडाको, १६ गते गाउँ तथा नगरपालिका र २६ गते जिल्ला अधिवेशत तोकेको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update