जिल्ला अस्पताल रुकुम पूर्वलाई दुई वटा कन्सनट्रेटर प्राप्त
जिल्ला अस्पताल रुकुम पूर्वलाई सहयोग प्राप्त भएको छ । अस्पताललाई दुई वटा अक्सिजन कन्सनट्रेटर प्राप्त भएका हुन् । एक एक पाईला अभियान काठमाडौंले १० लिटर को एउटा कन्सनट्रेटर सहयोग गरेको छ । भने अर्को एक थान कन्सनट्रेटर राप्ती समाज युकेले सहयोग गरेको हो । यो कन्सन्ट्रेटर ५ लिटरको रहेको यसका पहलकर्ता मदन शाहले जानकारी दिनुभयाे । उहाँका अनुसार उक्त दुई वटा अक्सिजन कन्सनट्रेटर आज अस्पताल विकास समितिका अध्यक्ष फत्तेकुमारी ओलीलाई हस्तान्तरण गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८ १८:५०
प्रतिक्रिया दिनुहोस्