सरकार विरुद्ध कांग्रेसले प्रर्दशन गरेको छ । नेपाली कांग्रेस रुकुम पश्चिमले जिल्ला सदरमुकाम खलंगामा सोमबार दिउँसो प्रर्दशन गरेको हो । जिल्लाका सबै ठाउँबाट स्थानीय नेता कार्यकर्तालाई जिल्ला सदरमुकाम झिकाएर कांग्रेसले बर्तमाण सरकार विरुद्ध प्रर्दशन गरेको हो । सरकार भ्रष्टाचार, कुशासनतिर लागेको तथा अधिनायकवादतर्फ गएको भन्दै कांग्रेसले विरोध गरेको हो । देशव्यापी कार्यक्रम अनुसार कांग्रेसले सदरमुकाम मुसीकोट खलंगा बजारमा विरोध प्रर्दशन गरेको हो ।
कांग्रेसको र्याली ले बजार परिक्रमा गरेर सभामा परिणत भएको थियो । पार्टी कार्यालयबाट सुरु भएको र्याली , कालिकास्थान, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, मुख्य बजार, पुष्पलाचौक, सहिदगेट, त्रिवेणि चौक, पूःन कालिकास्थान हुँदै बाल मन्दिर प्रा¨नमा पुगेर समापन भएको थियो । पञ्चेबाजा सहित भएको र्यालीमा सामाजिक दुरी भने कायम गरिएको थिएन । देशभर भएको प्रर्दशनमा सुरक्षा मापदण्ड प्रयोग गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिले आह्वान गरेको थियो । तर यस जिल्लामा भएको प्रर्दशनमा सामाजिक दुरी कायम नभएको भएपनि अधिकांश मास्क भने लगाएका थिए ।
कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले अधिनायकवादतर्फ गइरहेको सरकारलाई सच्च्याउनका लागि दवाव स्वरुप विरोध प्रर्दशन गरिएको बताउनुभयो । औपचारीक सभालाई सम्बोधन गर्दै सभापति ओलीले सरकार समयमै नसच्चिए सरकार र नेकपाले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो । प्रर्दशनमा सकेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरिएको सभापति ओलीले दावी गर्नुभयो । सरकार आफै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेर हिडिरहेको भनाई सभापति ओलीको छ ।
यसैबीच रुकुम पूर्व जिल्लामा पनि नेपाली कांग्रेसले विरोध प्रर्दशन गरेको छ । अस्थायी सदरमुकाम रुकुमकोटमा र्याली सहित बजार परिक्रमा गरेर कोण सभा गरिएको थियो । सभामा बोल्ने बक्ताहरुले अहिलेको सरकार भ्रष्टचारमा लिफ्त भएको, भ्रष्टाचारमा संलग्नहरुको संरक्षणमा सरकार नै लागेको बताएका थिए । विरोध प्रर्दशनका लागि जिल्लाका विभिन्न ठाउँबाट कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु रुकुमकोट पुगेका थिए ।