Kakhara सबैको खबर सम्पूर्ण खबर
छोरीको स्मृतिमा साढे तीन लाख सहयोग

यहाँका एक दम्पतीले स्वर्गिय छोरीको स्मृतिमा साढे तीन लाख बढी नगद सहयोग गरेको छ । त्रिवेणि गाउँपालिकाका देवबहादुर ओली र उहाँकी श्रीमती शुशिला ओलीले स्वर्गिय छोरी श्रद्धा ओलीको स्मृतिमा तीन लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नु भएको हो ।

नेपाली कांग्रेसका नेता समेत रहेका ओलीले जिल्ला सदरमुकाम खलंगामा निर्माण भइरहेको विपि स्मृति भवन निर्माणका लागि उक्त रकम सहयोग गर्नुभएको हो । कान्छि छोरी श्रद्धाको स्मृतिमा ओली दम्पतीले नगद सहयोग गरेपछि नेपाली कांग्रेसले धन्यवाद दिएको छ ।

जिल्ला सभापति प्रेमप्रकाश ओलीले लिखित रुपमा नै धन्यवाद ज्ञापन गर्नुभएको छ । छोरीको स्मृतिमा पार्टी भवन निर्माणका लागि नगद सहयोग गर्ने ओली दम्पतीको सभापति ओलीले प्रशंशा गर्नुभएको छ । साथै स्वर्गिय श्रद्धाप्रति श्रदाञ्जली अर्पन पनि गर्नुभएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update