मुसीकोट १० मा शुसिलको नेतृत्वमा वाइसिएल

रूकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. १० मा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल गठन गरिएको छ । युवाहरुको भेलाबाट शुसिल खड्काको अध्यक्षतामा ३५ सदस्यीय कमिटि निर्माण गरिएको हो । जसको उपाध्यक्षमा धनिश बुढा, सचिवमा सरोज सुनार, सह सचिवमा दिलिप कुँवर र कोषाध्यक्षमा सिमलाल ओली रहनुभएको छ ।
समाजका व्यथिती र कुरीतिका बिरुद्ध लडने, रोजगारमा युवा, सामाजिक रुपान्तरणमा युवा, जीवन पद्धति बिकासमा युवा, राजनीतिक संघर्ष र नेतृत्वमा युवाका सवालहरुलाई उठाउने नवगठित वाइसिएलले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन ९, २०७८ २०:३०
प्रतिक्रिया दिनुहोस्