Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णाली प्रदेशमा पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिम उत्कृष्ठ

पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिम पुरस्कृत भएको छ । कर्णाली प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशु अस्पताल तथा पशु सेवा कार्यालाई पुरस्कृत गरेको हो । कर्णाली प्रदेशका दश जिल्लामा सबभन्दा उत्कृष्ठ कार्य सम्पादन गरेको भन्दै मन्त्रालयले रुकुम पश्चिमको पशु अस्पताल तथा पशु सेवा कार्यालयलाई प्रमाण पत्र सहित पुरस्कृत गरेको हो ।

हाल सुर्खेतमा दश वटै जिल्लाको गोष्ठी चलिरहेको छ । गोष्ठीमा सबै जिल्लाले गरेका प्रगतिको बारेमा जानकारी गराएका छन् । कार्यक्रम तथा वित्तिय प्रगती, सिकाई, समस्याका बारेमा जानकारी गराएपछि मन्त्रालयले रुकुम पश्चिमलाई पुरस्कृत गरेको हो । पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्मालाई मन्त्री कर्मराज शाहीले प्रमाण दिएर पुरस्कृत गर्नुभएको थियो ।

गत आर्थिक वर्ष २०७७/०७८ मा गरिएको काम र त्यसको प्रगतिको आधारमा रुकुम पश्चिम पुरस्कृत भएको निमित्त प्रमुख शर्माले बताउनुभयो । मन्त्रालयले कामको मूल्यांकन गरेकामा खुशी लागेको प्रमुख शर्माले बताउनुभयो । यो कार्यालयले गत आर्थिक वर्षमा कार्यक्रमतर्फ ९५ प्रतिशत सफलता हासिल गरेको छ भने वित्तियतर्फ ८९ दशमलव ९३ प्रतिशत खर्च गरेको छ । 


 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update