Kakhara सबैको खबर सम्पूर्ण खबर
भैंसीलाई घाँस हाल्न गएकी महिलाको शव भेटियो हत्याको आशंका

भैंसीलाई घाँस हाल्न गएकी एक महिलाको शव भेटिएको छ । रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ४, कि अन्दाजी २५ वर्षीया मनकला खत्री खड्काको शव भेटिएको हो । सोमबार बेलुकी बारीमा बाँधेका भैंसीलाई घाँस हाल्न गएकी उनको शव भेटिएको हो । घर भन्दा झण्डै २ सय मिटर टाढा बारीमा भैंसी बाँधिएको छ ।

भैंसीलाई घाँस हालेर फर्कने क्रममा घटना भएको अनुमान गरिएको घटनास्थल रहनुभएका वडाध्यक्ष चन्द्रबहादुर खड्काले बताउनुभयो । घाँस हाल्न गएकी मनकला नफर्किएपछि परिवारका अरु सदस्य खोज्न जाँदा मृत अवस्थामा भेटिएको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो । सोमबार राती नै मनकलाको शव भेटिएको थियो । बारीमा जाने बाटो भन्दा तल फालिएको र त्यस ठाउँका मकै र घाँस मरेको अवस्थामा छ । कसैले हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

यद्यपी प्रहरी भने त्यहाँ पुगेको छैन । प्रहरी चौकी झुल्नेटा र सिम्रुतुको टोली सोमबार राती नै घटना स्थल पुगेपनि जिल्लाको टोली भने घटना स्थल पुगेको छैन । जिल्लाको टोली नपुगेका कारण घटनाको थप विवरण प्राप्त हुन सकेको छैन । एक बच्चाकी आमा मनकलाका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा तेस्रो मुलुक जानुभएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update