Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा संघीय सरकारको झण्डै ७० करोड बजेट फ्रिज

रुकुम पश्चिममा गत आर्थिक वर्ष २०७७/०७८ मा संघीय सरकारबाट आएको झण्डै ७० करोड बढी बजेट फ्रिज भएको छ । चालु र पुँजीगत शिर्षकको ७० करोड ११ लाख बजेट खर्च हुन नसकेर फ्रिज भएको हो ।  जिल्लामा संघीय सरकारको बजेट खर्चको प्रगति ८५.९५ प्रतिशत रहेको छ । जिल्लामा कुल ४ अर्ब ९९ करोड ८ लाख बजेट प्राप्त भएको थियो । जसमा चालु तर्फ ४ अर्ब १५ लाख र पुँजीगत तर्फ ९८ करोड ९२ लाख रहेको थियो । चालु तर्फको २२ करोड ९२ लाख खर्च हुन सकेन् । 

पुँजीगत तर्फ भने कुल बजेटको करिब आधा बजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यायलले जनाएको छ । कार्यालयका अनुसार पुँजीगत तर्फको ४७ करोड १९ लाख खर्च हुन नसकि फिर्ता गएको छ । यो कुल बजेटको ५२.३० प्रतिशत हो ।चालु तर्फ भने ९४.२७ प्रतिशत बजेट खर्च भएको कोष नियन्त्रक अशोक रानाले जानकारी दिनुभयो । यो बजेट जिल्लामा रहेका संघीय कार्यालयमा आएको र संघीय सरकारले स्थानीय तहलाई दिएको अनुदान रहेको उहाँले बताउनुभयो । कोरोना भाइरसका कारण बजेट खर्च हुन नपाएको उहाँले बताउनुभयो । 

‘स्थानीय तह तथा संघीय सरकार मातहतका कार्यालयहरुले सबै बजेट खर्च हुन नसक्नुको कारणमा कोरोना भाइरसलाई देखाएका छन्, उहाँले भन्नुभयो–हाम्रो कार्यालयमा आएको पत्रमा बजेट खर्च हुन सक्नुको मुख्य कारणमा कोरोना भाइरसलाई कारण देखाईएको छ ।’ जिरो वेस बजेट भएकाले खर्च हुन नसकेको सबै बजेट फिर्ता गएको उहाँको भनाई छ । जिल्लामा संघ मातहतका २२ वटा कार्यालय र ६ वटा स्थानीय तह रहेका छन् ।

कुन स्थानीय तहको खर्च कति ? 

क्र.सं. स्थानीय तह संघ सरकारकाे अनुदान खर्च भएकाे बजेट फ्रिज बजेट
१. मुसीकाेट न.पा. ५८८२०००००। ४८९६०००००। ९ कराेड ८६ लाख ।
२. चाैरजहारी न.पा ४६६००००००। ४५९५०००००। ६६ लाख ।
३. आठबीसकोट न.पा. ४७०२०००००। ४५४६०००००। १ कराेड ५६ लाख ।
४. त्रिवेणि गाउँपालिका  ३७१५०००००। ३७१५०००००। सबै बजेट खर्च ।
५. बाँफिकाेट गाउँपालिका ३२१२०००००। ३१८६०००००। २६ लाख ।
सानीभेरी गाउँपालिका  ३५२६०००००। ३४७६०००००। ५० लाख ।

 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update