Kakhara सबैको खबर सम्पूर्ण खबर
खारा घटना अनुसन्धानका लागि कुकुर मगाइयो

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकामा घटाइएको घटनाको अनुसन्धाका लागि कुकुर मगाइएको छ । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धानका लागि बाँकेको कोहलपुरबाट कुकुर झिकाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर मगाइएको जानकारी दिनुभयो ।

कोहलपुरको प्रहरीले छिन्छुसम्म कुकुर पुर्याइदिने र इलाका प्रहरी कार्यालय चौरजहारीको गाडिले चौरजहारीसम्म उक्त कुकुर पुर्याउने छ । जिल्ला प्रहरी कार्यालयबाट गएको गाडिले चौरजहारीबाट उक्त कुकुरलाई घटना स्थलसम्म पुर्याउने गरी व्यवस्थापन गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो । हाल डिएसपी श्रेष्ठ सहितको टोली घटना स्थलमा छ । ४ नम्बर वडाको कुरलखोलामा एक महिलाको हत्या भएको छ ।

                              भैंसीलाई घाँस हाल्न गएकी महिलाको शव भेटियो हत्याको आशंका

सोमबार बेलुका बारीमा रहेको भैंसी गोठमा घाँस हाल्न गएकी २५ वर्षीया मनकला खत्री खड्काको हत्या भएको छ । घाँस हाल्नबाट फर्कन ढिला गरेपछि अरु आफन्त उनको खोजिमा गएका थिए । खोज्ने क्रममा बाटो भन्दा तल उनको शव भेटिएको थियो । सोमबार रातीदेखि नै घटना स्थल प्रहरीको निगरानीमा छ भने प्रहरीले सामान्य सोधपुछ पनि थालेको छ । घटना स्थलमा मकै र घाँस मरेको छ । उनको हत्या भएको स्थानीयले बताएका छन् । गोठबाट घर फर्कने बाटो भन्दा तल उनको शव भेटिएको थियो । 

 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update