Kakhara सबैको खबर सम्पूर्ण खबर
चन्दा नदिएको भन्दै वडाध्यक्ष माथी विप्लवका कार्यकर्ताद्धारा कुटपिट 
वडाध्यक्ष बुढाथाेकी ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष शसिराम बुढाथोकी माथी कुटपिट भएको छ । चन्दा नदिएको भन्दै सानीभेरी गाउँपालिका वडा नं. ९ को सिम्ली बजारमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता बताउने शिव विक र तिलक पुन लगायतले आफु माथी कुटपिट गरेको वडाध्यक्ष बुढाथोकीले बताउनुभयो । उनिहरु लामो समय देखि चन्दा माग्न आफ्नो पछि लागेको उहाँले बताउनुभयो ।

‘एक पटक घरमै पुगेर चन्दा मागेका थिए, मैले चन्दा दिन सक्दैन्, बस खाएर जाउ भनेको थिए, उहाँले भन्नुभयो–तर एक हप्ता देखि भने उनिहरुले तारन्तार मेरो पछि लागेर चन्दा मागिरहेका थिए ।’ आज दिउँशो छलफल छ भनेर योजनाबद्ध रुपमा एक होटलमा बोलाएर आफु माथी हातपात गरेको उहाँको भनाई छ । उहाँले आफुसंग उनिहरुले तीन लाख रुपैंया चन्दा मागेको बताउनुभयो । 

नेकपाका जिल्ला इन्चार्ज डिल्लीराज शर्माले भ्रष्ट वडाध्यक्षलाई कारवाही गरेको बताउनुभयो । इन्चार्ज शर्माले शिव विक र तिलक पुन आफ्ना् पार्टीका कार्यकर्ता रहेको स्विकार गर्नुभयो । यसबारेमा विस्तृतमा भने आफुलाई जानकारी नभएको उहाँले बताउनुभयो । वडाध्यक्ष माथि कुटपिट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शिव विक र तिलक पुनलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 
 


 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update