रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ४, मा भएको घटनाप्रति जिल्ला स्थित विभिन्न संघ संस्थाले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । आफ्नै भैंसी गोठमा वस्तुभाउलाई घाँस हाल्न गएकी २६ वर्षीया मनकला खत्री खड्काको हत्याको घटनाले दुःखी तुल्याएको भन्दै संघ संस्थाहरुले दोषि उपर कारबाहीको माग गरेका छन् । अन्तर पार्टी महिला सञ्जाल, नेपाल पत्रकार महासंघ, हरप्लेस, महिला पुनस्थापना केन्द्र, इन्सेक र महिला मानव अधिकार रक्षक सञ्जालले सयुंक्त विज्ञप्ती जारी गरी घटनामा संलग्नलाई हदैसम्मको कारबाहीको माग गरेका हुन् ।
मकैबारीमा लछारपछार गरी विभत्स ढंगले गरिएको हत्याले मानिसको अपराधिक मनोवृत्ति उदांगिएको भन्दै विज्ञप्ती मार्फत घटनाको घोर भत्र्सना गरिएको छ । ११ गते सोमबार मनकलाको हत्या भएको थियो । हत्यामा संलग्न भएको आशंकमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।