Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यार्पू पावर कम्पनी र विद्युत प्राधिकरणबीच विद्युत खरिद–विक्री सम्झौता
विद्युत खरिद–विक्री सम्झौतापछि ।


स्यार्पू पावर कम्पनी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद–विक्री सम्झौता अर्थात पिपिए भएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३, स्थित स्यार्पूतालबाट उत्पादन हुने विद्युत खरिद–विक्रीको सम्झौता सम्पन्न भएको हो । सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रदिप ओली र नेपाल विद्युत प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हस्ताक्षर गर्नुभएको छ ।

स्यार्पू पावर कम्पनीले स्यार्पूतालबाट बगेको पानीबाट अर्को विद्युत आयोजना निर्माण गर्दै छ । स्यार्पू साना जलविद्युत आयोजनाबाट उत्पादित विद्युत विक्रीका लागि स्यार्पू पावर कम्पनी र खरिदका लागि नेपाल विद्युत प्राधिरकणबीच सम्झौता भएको कम्पनीको प्रमुख कार्यकारी अधिकृत ओलीले जानकारी दिनुभयो ।

निर्माणाधिन स्यार्पू साना  जलविद्युत आयोजनाबाट उत्पादित विद्युत अब नेपाल विद्युत प्राधिरकरणले किन्ने गरी सम्झौता गरेको ओलीले बताउनुभयो । जिल्ला समन्वय समितिको पूर्ण स्वामित्व रहेन गरी स्थापना भएको स्यार्पू पावर कम्पनीले जिल्लाका सबै स्थानीय तह र जिल्लाबासीको शेयर लगानीमा ३.३ मेगावाट विद्यु्त उत्पादन क्षमताको स्यार्पू साना जलविद्युत आयोजना बनाउँदै छ ।

खरिद–विक्री सम्झौता भएसँगै उक्त आयोजनाबाट वार्षिक रुपमा उत्पादन हुने १ करोड ८१ लाख ७७ हजार १ सय ५ यूनिट विद्युत नेपाल प्राधिकरणले खरिद गर्ने छ । त्यसबाट आयोजनाले वार्षिक रुपमा १० करोड १५ लाख ५० हजार आम्दानी गर्ने प्रक्षपन गरिएको छ । हाल आयोजना पूर्व निर्माणको ५० प्रतिशत काम सकिएको प्रमुख कार्यकारी अधिकृत ओलीले जानकारी दिनुभयो ।

हरेक व्यक्तिको शेयर मार्फत सबैलाई आम्दानीमा अब्बल बाउने उद्देश्य राखेको आयोजना निर्माण पश्चात स्थानीय तहको आर्थिक स्रोत व्यवस्थापनमा समेत सुधार आउने भनिएको छ । उक्त आयोजनबाट उत्पादित विद्युत रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोट जिल्ला विस्तारको योजना रहेको अधिकृत ओलीले बताउनुभयो । 
 

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update