Kakhara सबैको खबर सम्पूर्ण खबर
वडाध्यक्षमाथि भ्रष्टाचारको आरोप लगाउने एमाले सचिव घर्तीले मागे माफि (भिडिओ सहित)
वडावासी समक्ष माफि माग्दै एमाले नेता घर्ती ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ८ का अध्यक्ष शशिराम बुढाथोकीमाथि साउन १२ गते मंगलबार विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कुटपिट र दुब्र्यवहार गरे । सानीभेरी गाउँपालिका वडा नम्बर ९ सिम्लीको एक होटलमा लिएर उनिहरुले वडाध्यक्ष बुढाथोकीमाथि कुटपिट र दुब्र्यवहार गरेका थिए । त्यो थाहा पाएपछि स्थानीयले विप्लव कार्यकर्तालाई झण्डै २ किलोमिटर परसम्म लखेटेका थिए । स्थानीय समेतको सहयोगमा शिव बिक र प्रकाश रसाईलीलाई प्रहरीले पक्राउ गरेको छ । उनिहरु अहिलेपनि प्रहरी हिरासतमा छन् । 

घटना भएपछि वडाध्यक्ष बुढाथोकीले आफुले चन्दा दिन नसकेपछि विप्लवका कार्यकर्ताहरुले आफुमाथि कुटपिट गरेको बताउनुभयो । ‘लामो समय देखि उनिहरु मेरो पछि लागेका थिए, तीन लाख रुपैंया चन्दा दिनुपर्यो भन्दै थिए, मैले दिन सक्दैन भनिरहेको थिए, तर छलफल छ भनेर एउटा होटलमा लिएर म माथि कुटपिट र दुब्र्यवहार गरे वडाध्इक्ष बुढाथोकीले घटना भए लगत्तै भन्नुभएको थियो ।’ चन्दा माग्न उनिहरु आफ्नो घरमा समेत पुगेको वडाध्यक्ष बुढाथोकीको दाबी छ । 

नेकपाले भने स्थानीय छरेपानी तल्लोअम्डाँडा सिँचाई योजनामा तीन लाख रुपैंया भ्रष्टाचार गरेकाले वडाध्यक्षमाथि जनकारबाही गरेको बतायो । बिज्ञप्ती जारी गरेर घटनाको जिम्मा लिदै भ्रष्ट वडाध्यक्षलाई ‘जनकारवाही’ गरेको उसले बतायो । नेकपा यतिमा मात्र सिमित रहेन । मिडियामाथि नै जाइलाग्यो । कखरा डट कमलाई समाचार प्रकाशन गरेको भन्दै धम्क्याउने सम्मको हर्कत पार्टीले गर्यो । 

यस घटनाको भित्रि रोल थियो नेकपा एमाले नेता मनबिर घर्तीको । यिनै घर्तीले वडाध्यक्ष बुढाथोकीले ३ लाख रुपैंया भ्रष्टाचार गरेको भन्दै एक रेडियोमा अन्तरवार्ता दिनुभएको थियो । त्यसैलाई आधार बनाएर विप्लव नेतृत्वको नेकपाले वडाध्यक्ष माथि भ्रष्टाचारको आरोप लगाएको देखिएको छ । नत्र ‘जनकारवाही’ गरेको दाबी गरेको नेकपाले अहिलेसम्म कुनै ठोस प्रमाण सार्वजनिक गरेको छैन् । भ्रष्टाचारलाई निहुँ बनाएको भएपनि चन्दा नदिएकै कारण वडाध्यक्षमाथि कुटपिट र दुव्र्यवहार भएको स्थानीयले बताईरहेका छन् ।

मैले नबुझेर भ्रष्टाचारको आरोप लगाएँः घर्ती 
वडाध्यक्ष शशिराम बुढाथोकी इमान्दार छवि भएका नेता मानिन्छन् । उनिमाथि भ्रष्टाचारको आरोप लागेपछि धेरैले आश्चर्य प्रकट गरे । यसको जडको रुपमा एमाले जिल्ला सचिव घर्ती नै भएको ठहर गर्दै वडावासीले घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरे र शुक्रबार आम वडा भेला गरियो । जसमा एमाले नेता घर्तीलाई पनि बोलाईएको थियो । वडावासीले भ्रष्टाचार गरेको प्रमाण पेश गर्न भने । सबैले र्याखर्याख पारेपछि घर्तीले आफुले गल्ति गरेको स्विकार्नुभयो । 

‘मलाई छहरेपानी तल्लो अम्डाँडा सिँचाई आयोजनाका अध्यक्ष समेत रहनुभएका हाम्रो पार्टी नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा सानीभेरी गाउँपालिका संयोजक डबलसिंह बिकले भन्नुभयो, उहाँले भनेकै आधारमा मैले कतै सोधिखोजि नगरी अन्तरवार्ता दिए, यसमा मेरो गल्ति भयो, उहाँले आमवडावासी सबैका समक्ष माफि माग्नुभयो ।’ वडाध्यक्षलाई ध्वस्त पार्ने षड्यन्त्र नभएको तर पार्टीका गाउँपालिका संयोजक बिकले भन्न लगाएपछि आफुले भनेको र व्यक्तिगत केहि कारण नभएको उहाँले दाबि गर्नुभयो । 

आफुले कहि कतै सुराकी नगरेको पनि उहाँले वडावासी सामु भन्नुभएको छ । माफि माग्दै उहाँले यतिले पनि नपुग्ने भए ज्यान केस मुद्दा हाल्नुहोस, सार्वजनिक अपराध सम्बन्धी मुद्दा हाल्नुहोस् म जहाँ लैजानुहुन्छ त्यहाँ जान्छु पनि भन्नुभएको छ ।

चन्दा नदिएको भन्दै वडाध्यक्ष माथी विप्लवका कार्यकर्ताद्धारा कुटपिट 


 

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update