नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रुकुम पश्चिमले नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) सानीभेरी गाउँपालिकाले निकालेको विज्ञप्तीले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । वाईसिएल सानीभेरी गाउँपालिका संयोजक गोविन्द बुढाथोकीले साउन १२ गते निकालेको विज्ञप्तीले संगठनको गम्भिर ध्यानाकर्षण भएको युवा संघले जनाएको छ ।
‘हाम्रो मातृपार्टी नेकपा एमाले जिल्ला सचिव मनविर घर्तीलाई ३ दिनभित्र आफ्नै कार्यालयमा आउनु र नआएमा कारबाही गर्ने भनी दिईएको धम्किले कानूनी राज्यको उपहास भएको हाम्रो संगठनको ठहर छ, युवा संघका अध्यष हरिबोल भारतीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।’ उक्त अभिव्यक्ति प्रति घोर निन्दा गर्दै युवा संघले सत्य तथ्य छानविन गरी दोषिलाई कारबाही गर्न र यसप्रति वेवास्ता गरिए चुप लागेर नवस्ने चेतावनी समेत दिएको छ ।
सानीभेरी गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष शशिराम बुढाथोकीमाथि साउन १२ गते मंगलबार विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको कुटपिटमा एमाले नेता मनविर घर्तीको पनि संलग्नता रहेको भन्दै वाइसिएल गाउँ कमिटिले आरोप लगाए अनुसार भ्रष्टाचारको प्रमाण सहित संगठनको कार्यालयमा ३ दिनभित्र सम्पर्क गर्न भनेको थियो । वाइसिएलले साउन १३ गते विज्ञप्ती निकालेको थियो । त्यसको २ दिनपछि साउन १५ गते युवासंघले विज्ञप्ती निकालेको हो ।