रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका शिक्षकहरुमा कोरोना जाँच गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले गाउँपालिकाका ४१ जना शिक्षकहरुमा कोरोना भाइरस परीक्षण गरेको हो । जसमध्य सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्लले जानकारी दिनुभयो । गाउँपालिकाले विद्यालय खोल्ने तयारी गरिरहेको छ । कोरोनाको जोखिम कम भएको भन्दै प्रध्यानाध्यापक सहितको बैठकले बिद्यालय खोल्ने समझदारी गरेको बताईएको छ ।
केहि विद्यालयहरुमा भने यसअघि देखि नै भौतिक उपस्थितिमा पढाई सुरु भइसकेको छ । अव सुरुक्षा सतर्कता अपनाएर १४ वटै वडाका विद्यालय खोल्ने विषयमा सहमति भएको बताईएको छ । त्यसैका लागि पनि शिक्षकहरुमा कोरोना परीक्षण गरिएको हो ।त्यस्तै माध्यमिक तहका विद्यालयका प्रध्यानाध्यापक र लेखापाल तथा आधारभुत तहका प्रध्यानाध्यापकलाई २ दिने लेखा सम्बन्धी प्रशिक्षण दिईएको छ । जसमा संघीय सरकार मार्फत विद्यालयमा हस्तान्तरण गराईने विभिन्न शिर्षकहरुमा ससर्त अनुदान कार्यक्रम रकम कार्यान्वयन र लेखा सम्बन्धी सिकाईएको थियो ।