Kakhara सबैको खबर सम्पूर्ण खबर
पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । आज समाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

‘सन् २००२ मा १५ वर्षको हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरु साथी खेलाडीहरु, प्रशंसकहरु, सरोकारवालाहरु, मिडियाकर्मी, मेरो परिवार र साथीहरुप्रति म सदैव ऋणी रहने छु, विज्ञप्तिमा खड्काले लेखेका छन्, क्रिकेटरका रुपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैब आफ्नो भूमिका निर्वाह गरेँ ।’

उनले थप लेखेका छन्ः मेरो जीवनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो । तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ । इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्याउने छौं ।

‘अन्तर्राष्ट्रिट क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ । तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै पनि बामे सर्दैछन्, खड्कालले सन्यासको घोषणा गर्दै लेखेका छन्, मैदान भित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रूपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउने छौं भन्ने विश्वास लिएको छु । धन्यवाद !

पासरलाई नेपाली क्रिकेट समर्थकले नेपाली क्रिकेटको भगवान नै मान्छन् । पारस नेपाली क्रिकेटका सबैभन्दा सफल कप्तान र खेलाडि हुन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update