Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्व जिल्ला अस्पताललाई २० लाख बराबरका स्वास्थ्य सामग्री सहयोग

जिल्ला अस्पताल रुकुम पूर्वलाई विभिन्न स्वास्थ्य सामग्रीहरु प्राप्त भएका छन् । प्रतिमान निमा मेमोरियल फाउण्डेसन रुपन्दिेहिबाट २० लाख बराबरका स्वास्थ्य सामग्रीहरु आज अस्पताललाई हस्तान्तरण गरिएको छ । पूर्व स्वास्थ्यमन्त्री तथा राप्रपा नेता दीपक बोहराका आमा बुवाको सम्झनामा स्थापना गरिएको फाउण्डेसनले ठुलो मात्रामा स्वास्थ्य सामग्रीहरु अस्पताललाई सहयोग गरेको हो । 

अस्पताललाई प्राप्त भएका सामग्रीमा ४० लिटरका ५ वटा अक्सिजन सिलिण्डर, ५ सेट अक्सिजन रेगुलेटर, १० लिटरका ७ वटा अक्सिजन कन्सनट्रेटर, १५ जना बिरामी राखेर उपचार गर्न मिल्ने मेडिकल टेण्ड एक सेट, आईसियू बेड एउटा, धोएर प्रयोग गर्न मिल्ने १ सय २५ थान पिपिई सेट र १ सय २५ वटा सर्जिकल मास्क रहेका छन् । 

त्यस्तै डेड सर्जिकल क्याप १ सय २५ वटा, जुत्ता १ सय २५ थान, सर्जिकल ग्लोब्स १ सय २५ वटा, सर्जिकल मास्क ५ सय वटा, फेश शिल्ड १ सय वटा, हेड सर्जिकल क्याप १ सय वटा र ५० लिटर सेनिटाइजर पनि अस्पताललाई हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीका पहलकर्ता मदन शाहले जानकारी दिनुभयो । उहाँको पहलमा जिल्ला अस्पतालमा विभिन्न निकायबाट पटक पटक स्वास्थ्य सामग्रीहरु प्राप्त भइरहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update