Kakhara सबैको खबर सम्पूर्ण खबर
निषेधाज्ञा खुकुलाे भएस‌गै मुसीकाेटमा काेराेना स‌क्रमण बढ्याे

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा कोरोना संक्रमित बढ्दै गएका छन् । नगरपालिकामा दिनहुँ संक्रमित फेला परिरहेका छन् । आज ११ जनामा संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा १२ मा ५० जनामा एन्टीजेन विधिबाट परीक्षण गर्दा ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

हिजो ८ जनामा कोरोना संक्रमण देखिएको थियो । निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमण बढ्दै गएको हो । नगरपालिकामा कोरोना संक्रमण बढ्दै गएपछि नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न नगरवासीलाई आग्रह गरेको छ । निषेधाज्ञा खुकुलो भएसंगै लापरवाही बढेको छ । जसका कारण कोरोना संक्रमण पनि बढ्दै गएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update