रुकुम पश्चिमको मुसीकोट नगरपालिका ३ खरखरेमा पहिरोमा पुरिएका २ जनालाई प्रहरीले उद्धार गरेको छ । आज बिहान साढे ११ बजे तिर बाटोमा हिडिरहेका दुई जना माथिबाट खसेको पहिरोमा च्यापिएका थिए । सानीभेरी गाउँपालिका वडा नं. ११ की ५५ वर्षिया देउरुपा खड्का र मुसीकोट नगरपालिका ३ का लालबहादुर खत्री सडकमा हिडिरहेका बेला माथिबाट खसेको सुख्खा पहिरोमा च्यापिएको र उनिहरुलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटना भएको खबर प्राप्त हुने बित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक डिल्लीबहादुर खत्रीको कमाण्डमा खटिएको ११ जनाको टोलीले दुबै जनालाई उद्धार गरेको हो । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।मध्यपहाडि लोकमार्ग अन्तरगत खरखरेमा वर्षेनि वर्खायाममा पहिरो झर्ने गर्छ । ढाँरे जमिन भएका कारण सामान्य पानी पर्दा पनि र पानी नपरेका बेला पनि पहिरो खस्ने गरेको छ । पैदल यात्रु तथा सवारी साधन जोखिम मोलेर आवत जावत गर्न बाध्य छन् ।