Kakhara सबैको खबर सम्पूर्ण खबर
एसईई नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको हो ।

मुलुकभरका विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए । ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो । शनिबार नै बसेको बोर्डको बैठकले कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update