Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट दरबार क्षेत्रमा प्ले सिटहरु

रुकुम पश्चिमको पर्यटकीय क्षेत्र मुसीकोट दरबार क्षेत्रमा प्ले सिटहरु राखिएको छ । मुसीकोट नगरपालिका ४, को मुसीकोटकोटडाँडा स्थित दरबार क्षेत्रमा बालबालिकालाई लक्षित गरी प्ले सिटहरु राखिएको हो ।

केही समय अघिदेखि यो क्षेत्र घुम्न जाने क्षेत्रको रुपमा विकास भएको छ । सदरमुकाम खलंगा बजार नजिक रहेको र राप्ती लोकमार्ग नजिक रहेकाले यसलाई संरक्षण गरी घुम्ने क्षेत्र बनाइएको छ । निश्चित शुल्क तिरेपछि उक्त क्षेत्रमा घुम्न पाइन्छ । हरेक वर्ष उक्त क्षेत्रमा केही न केही नयाँ काम भएको हुन्छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा बालबालिकाहरु खेल्नका लागि प्ले सिट राखिएको हो । अभिभावकसँग घुम्न गएका बालबालिका खेल्ने र रमाउने गरी प्ले सिट राखिएको हो । मुसीकोट नगरपालिकाको दश लाख बजेटबाट ति सिटहरु राखिएको हो । नगरपालिकाले उक्त क्षेत्रबाट आउने आम्दानी नगरपालिकामा ल्याउने गरेको छ भने हेरदेखका लागि कर्मचारी भर्ना गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update