Kakhara सबैको खबर सम्पूर्ण खबर
बोहराको संयोजकत्वमा खाद्य, किराना, फलफुल तथा तरकारी व्यवसायी संघ 

रुकुम पश्चिममा पहिलो पटक खाद्य, किराना, फलफुल तथा तरकारी व्यवसायी संघ गठन गरिएको छ । व्यापारीहरुको भेलाबाट रामलाल बोहरा अध्यक्ष रहेको ७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । सदस्यमा सुभाष ओली, सरिता ओली बिष्ट, खिमबहादुर केसी, उपेन्द्र खत्री, डिगराज केसी र रामवहादुर कठायत रहनुभएको छ । 

रुकुम उद्योग वाणिज्य संघका संयोजक पहलबहादुर खड्काको अध्यक्षता र उद्योग वाणिज्य संघका सदस्य मोहविर खड्काको पहलमा जिल्लामा पहिलो पटक खाद्य, किराना, फलफुल तथा तरकारी व्यवसायी संघ गठन गरिएको हो । संघले खाद्य, किराना, फलफु तथा तरकारी व्यापारीहरुको हकहितका लागि काम गर्ने जनाएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update