नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग वाइसीएल रुकुम पश्चिमले जिल्ला समिति सदस्यहरु सम्बन्धिको निर्णय अनुमोदन गरेको छ । साउन ९ गते बसेको कार्यालय बैठकले गरेको जिल्ला समितिको संख्या निर्धारण र तयलाई जिल्ला समितिको बैठकले अनुमोदन गरेको हो । उक्त कार्यलयको बैठकले ७५ सदस्यीय जिल्ला समिति बनाउने निर्णय गरेको थियो भने जिल्ला समितिमा रहनेहरुको नाम समेत प्रस्ताव गरेको थियो ।
साउन २५ गते जिल्ला सदरमुकाम खलंगा स्थित सहिद स्मृति प्रतिष्ठानमा बसेको वाइसीएलको पूर्ण बैठकले कार्यालयले गरेका निर्णय अनुमोदन गरेको जिल्ला संयोजक जनककुमार विश्वकर्माले जानकारी दिनुभयो । बैठकले जिल्ला सह संयोजकमा गोविन्द ओली र कार्यालय सचिवमा चिरञ्जिवी महरलाई तोकेको छ ।
बैठकले आगामी भदौ १२ र १३ गते हुने वाइसीएकाले राष्ट्रिय भेला सफल पार्न जिल्ला समितिका सम्पूर्ण सदस्यहरु लाग्ने निर्णय गरेको भने भेलामा सहभागि हुने प्रतिनिधि तथा पर्यव्यक्षकको पनि टुङ्गो लाएको छ । जनककुमार विश्वकर्मा, विष्णु ओली,लालबहादुर विष्ट, दलजित विक, सौरभ केसी, शुशिला शाही र सन्तोष खड्कालाई राष्ट्रिय भेलाको प्रतिनिधि तथा पर्यव्यक्षकको रुपमा पठाउने निर्णय भएको संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।
बैठकले ३१ सदस्यीय सचिवालय पनि गठन गरेको छ । बैठकले जिल्ला स्थित गाउँपालिका र नगरपालिकाका भेला सम्मेलन गर्ने, त्यस अघि वडा भेला सम्मेलन गर्ने र सदस्यता वितरण, नविकरणलाई तदारुक्ताका साथ लैजान निर्णय पनि गरेको छ । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य गोपेश्वर केसी, वाइसीएले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शैलेश शर्मा, सह इन्चार्ज लक्ष्मण ओली, केन्द्रीय अनुशासन आयोगका सदस्य भुषण रावल लगायतको उपस्थितिमा बैठक बसेको थियो ।