नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पूर्वले सबै स्थानीयको पार्टी बैठक सम्पन्न गरेको छ । सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाको पार्टी बैठक सम्पन्न गरेको माओवादी केन्द्रले जनाएको छ । पछिल्लो राजनीतिक घटना क्रम,विभिन्न समिति, गठन पुर्नगठनका विषयमा तीन वटै पालिका समितिको बैठक सम्पन्न गरेको जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
सिस्ने, पछि भूमे र अन्तमा पुथाउत्तरगंगा गाउँपालिकाको बैठक बसेको थियो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा जानकारी दिने तथा सेल, वटा पालिका समिति गठन पुर्नगठन र सदस्यता वितरण नविकरणका विषयमा निर्णय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाका ३१ वटै वडा र सेल समिति गठन पुर्नगठन भएको छ । माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपालाई सर्वोच्च अदालतले अलग गराइदिएपछि दुवै पार्टी आआफ्नै गतिविधिमा सक्रिय छन् । माओवादी केन्द्रले जिल्लामा पछिल्लो समय राजनीतिक गतिविधि बढाएको छ । पार्टीको साथसाथै भातृ तथा भगिनी संगठन गठन, पुर्नगठनको काम पनि माओवादीले सँगसँगै गर्दै लिएको छ ।