कोरोना महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगाउनु नै हो आजको आवश्यकता भन्ने मुल नाराका साथ आज रुकुम पश्चिमकाे आठबीसकोट नगरपालिकामा मास्क अभियान संन्चालन गरिएको छ । उक्त अभियान आठबीसकोट नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखा र इलाका प्रहारी कार्यालयको साझेदारीमा मास्क अभियान सन्चालान गरिएको नगरपालिकाका स्वास्थ्य तथा सामाजिक बिकास शाखा प्रमुख मनिराज शाहले जानकारी दिनुभयो ।
अभियान अन्तरगत राडी बजार परिक्रमा गरि करिव १ हजार मास्क वितरण गरिएको छ । नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बुढाथोकीका अनुसार बजार नेत्र चोक देखि क्याम्पस रोड, सहिद गेट हुँदै तल्लो बजार, सिमबजार हुँदै पुनः नेत्र चोकमा आएर कार्यक्रम गरिएको थियो ।
इलाका प्रहरी कार्यालय राडीका इन्चार्ज प्रहरी निरीक्षक लालबहादुर सुनारले यो अभियान सफल बानाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिनुभयो । नगरबासीहरुलाई नियमित मास्क लगाउन, भौतिक दुरी कायाम गर्न आ आफ्नो ठाउमाबाट सजक रहन उहाँले अनुरोध गनुभयो । यो अभियान सरकारले देशभरीमा संचालन गरिरहेको छ । साउन २३ गते देखि संचालन भएको अभियान साउन २९ गते सम्म संचालिन हुने छ । यो अभियान रुकुम पश्चिम जिल्लामा पनि संचालन भइरहेको छ ।