जिल्ला खेलकुद बिकास समिति रुकुम पूर्वको अध्यक्षमा पुनः हरीबहादुर थापा चयन हुनु भएको छ । यसअघि जिल्ला खेलकुद बिकास समितिको अध्यक्षको रुपमा करिव ३ वर्ष सम्म कार्यभार सम्हाल्नु भएका सिस्ने गाउँपालिका ६ का थापा पुनः जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा चयन हुनुभएको हो ।
मंगलबार साँझ बसेको लुम्बिनी प्रदेश खेलकुद परिषदको तेस्रो बैठकले थापाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति तोकेको हो । जसको उपाध्यक्षमा पुथाउत्तरगंगा गाउँपालिका १० का मरिचमान पुन, कोषाध्यक्षमा सिस्ने गाउँपालिका ५ का गोपाल सुनारलाई चयन गरिएको छ ।
सदस्यहरूमा भूमे गाउँपालिका १ का ज्ञानकुमारी गुरुङ, पुथाउत्तरगंगा गाउँपालिका ९ का समुन्द्र ओली, सिस्ने गाउँपालिका ६ का शेखर केसी, भूमे गाउँपालिका ८ का जुनमाली बुढा, पुथाउत्तरगंगा गाउँपालिका १४ का तेजकुमार बुढा र सिस्ने गाउँपालिका ३ का सुशील खड्का रहनु भएको छ । जिल्ला खेलकुद बिकास समितिको नयाँ कार्यसमितिले जिल्लामा समग्र खेल क्षेत्रमा सुधार गरी खेलाडीको बिकासका लागि काम गर्ने जनाएको छ ।
खेलाडीहरुको हक हित र अधिकारका लागि सबै सरोकारावाला पक्षहरुसँग सहकार्य र समन्वय गर्दै काम गर्ने उसको भनाई छ । अध्यक्ष थापाले स्थानिय स्तरका खेलाडीहरुको प्रतिभालाई उजागर गरी माथिल्लो तहसम्म पुर्याउने र खेल मैदान निर्माणका लागि समन्वय र पहल गर्ने बताउनुभयो ।