राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा कर्णाली प्रदेश रुकुम पश्चिमका भरत खत्री प्रथम हुनुभएको छ । बाँफिकोट गाउँपालिका २, पिपलका खत्री राष्ट्रिय युवा परिषदले गरेको वक्तृत्वकलामा प्रथम हुनु भएको हो । परिष्दले भर्चुअल मार्फत वक्तृत्वकला गराएको थियो ।
अन्तराष्ट्रिय युवा दिशवको सन्दर्भमा स्थानीय उत्पादन, खाद्य प्रणालीमा रुपान्तरण विषयक वक्तृत्वकला आयोजना गरेको थियो । प्रतियोगितामा दोस्रो पनि रुकुम पश्चिमकै आएका छन् । बाँफिकोट गाउँपालिका ९, की भावना शर्मा वक्तृत्व कलामा दोस्रो हुनु भएको हो । प्रतियोगितामा तेस्रो भने प्रतिमा गौतम हुनुभयो ।
वक्तृत्वकलामा प्रथम आउने भरतलाई प्रमाण पत्र सहित १५ हजार, दोस्रो हुने भावनालाई १० र तेस्रो भएकी गौतमलाई ७ हजार ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । लुम्बिनी प्रदेशका दिपेश अर्याल र बाग्मती प्रदेशका निमराज पौडेल सान्त्वना हुनु भएको छ । यस प्रतियोगितामको अन्तिम सूचीमा २५ जना समावेश भएका थिए ।