Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणिबाट बगेका दम्पतिको शव भेटियो

साउन २४ गते त्रिवेणि स्थित उत्तरगंगा नदीमा बगेका दम्पतीको शव भेटिएको छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका १४, का ३६ वर्षीय मनिचन कामी र ३० वर्षीया अमृता विक उत्तरगंगा नदीमा बगेका थिए । उनिहरुको दुवैकाे शव छुट्टा छुट्टै जिल्ला र ठाउँमा भेटिएको हो ।

श्रीमान मनिचनको शव सल्यानको बनगाडकुपिन्डे नगरपालिका स्थित भेरी नदीको किनारमा फेला परेको छ भने श्रीमती अमृताको शव रुकुम पश्चिमको सानीभेरी गाउँपालिका स्थित सानीभेरी नदी किनारमा फेला परेको दम्पतीका छिमेकी दरवेश बुढा मगरले जानकारी दिनुभयो । पुथाउत्तरगंगा गाउँपालिका १२, स्थित त्रिवेणिबाट श्रीमती बगेपछि श्रीमान बचाउन नदीमा पसेका थिए, त्यसपछि दुवै जना बेपत्ता भएका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update