Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटमा सहकारीको समन्वय सञ्जाल

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा सहकारीको समन्वय सञ्जाल गठन भएको छ । मुसीकोट खलंगामा भएको भेलाले मुसीकोटमा कार्यक्षेत्र रहेका सहकारीको समन्वयका लागि सञ्जाल गठन गरेको हो । नरेन्द्रकुमार रोकायको संयोजकत्वमा सञ्जाल गठन गरिएको हो । मुसीकोट नगरपालिकामा कार्यक्षेत्र रहेका २० सहकारी रहेको बताइएको छ ।

जसमध्य १६ वटा सहकारीका पदाधिकारी र व्यवस्थापकको उपस्थिति रहेको थियो । जिल्ला सहकारी संघका अध्यक्ष नरबहादुर खड्काको अध्यक्षता रहेको भेलामा मुसीकोट नगरपालिका उपप्रमुख प्रेमकुमारी सुनार, कार्यपालिका सदस्य धिरण सिर्पाली लगायतको आतिथ्यता रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update