Kakhara सबैको खबर सम्पूर्ण खबर
भोलीबाट शेरीगाउँ–सल्लेसम्म दैनिक ४ घण्टा चारपांग्रे सवारी बन्द

राप्ती राजमार्गको रुकुम पश्चिम खण्ड अन्तरगत जिल्ला सदरमुकाममा मर्मत सुरु भएको छ । राजमार्ग अन्तरगत सल्यान–रुकुम पश्चिम सिमाना खौला देखि सल्लेसम्मको ३२ किलोमिटर खण्डमा कालोपत्रे उत्रिएको ठाउँमा मर्मत गरिदै छ । जसअन्तरगत सदरमुकाम भित्र पर्ने खण्ड मर्मतको काम पनि सुरु भएको हो । मर्मत गर्नुपर्ने ठाउँमा काम भइहेको छ । जसका लागि मुसीकोट–५, शेरीगाउँ देखि वडा नं. १ सल्लेसम्म सवारी साधननै रोक लगाएर काम हुँदै छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेर भोली पौष १ गतेदेखि ३ गतेसम्म दैनिक ४ घण्टा चारपांग्रे सवारी साधन बन्द हुने जनाएको छ । राजमार्ग मर्मतका लागि ३ दिन दैनिक बिहान ११ बजेदेखि दिउँशो ३ बजेसम्म चारपांग्रे सम्पूर्ण सवारी साधन बन्द हुने सूचनामा उल्लेख छ । तिव्रताका साथ काम गर्नका लागि दिनमा केहि समय सवारीमा रोक लगाईएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । जिल्लामा पर्ने ३२ किलोमिटर खण्डलाई विभिन्न खण्डमा विभाजन गरेर मर्मतको काम भइरहेको छ ।

पिच उत्रिएको ठाउँमा पिच गर्ने, पहिरो गएको ठाउँमा पर्खाल लगाउने, जाली भर्ने लगायतका काम भइरहेको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ । गत वर्ष नै विनियोजन भएको बजेट कोरोनाका कारण कार्यान्वयन हुन नसकेपछि त्यहि बजेटबाट यो वर्ष काम भइरहेको हो ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update